Logo

नेपाल आइसिसी टी २० विश्वकप एशिया छनोट नजिक, नेपालसँग कुवेत ७ विकेटले पराजित

नेपाल आइसिसी टी २० विश्वकप एशिया छनोट नजिक, नेपालसँग कुवेत ७ विकेटले पराजित



काठमाडौं । आइसिसी टी २० विश्वकप एशिया छनोट प्रतियोगितामा नेपालको सानदार जित भएको छ । नेपालको जितसँगै कुवेत विश्वकप एशिया छनोटबाट बाहिरिएको छ भने नेपाल विश्व कप एशिया छनोट नजिक पुगेको छ ।

laxmi

कुबेतबीच भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ । यसअघि कतार र मलेसिया पनि प्रतियोगिताबाट बाहिरिएका थिए । अब नेपालले आइतबार आयोजक सिंगापुरसँग खेल्दैछ । नेपालले आयोजक टिमलाई हराउन सके विश्व कप छनोटमा आफ्नो सुरक्षित स्थान बनाउने छ ।

अंक तालिकामा शीर्ष स्थानको सिंगापुरको ३ खेलबाट ५ अंक छ भने नेपालको ३ खेलबाट ४ अंक मात्रै रहेको छ । शनिबार कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५ दशमलब ५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष भेटाएको हो । नेपालको जितमा कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरे । ओपनिङमा आएका पारसले ६८ रन जोडे । उनले ४२ बलमा ११ चौका र १ छक्का प्रहार गरेका थिए ।

त्यसअघि पारसका ओपनिङ पार्टनर ज्ञानेन्द्र मल्लले १३ बलमा २ चौका र १ छक्काको मद्दतमा १९ रन बटुले । दीपेन्द्रसिंह ऐरी भने १ रनमै आउट भएका थिए । शरद भेषवाकरले नटआउट ३८ रन जोडे भने रोहितकुमार पौडेलले नटआउट ६ रन जोडे । शरदले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे । बलिङमा कुवेतका मोहमद कासिफले ३ विकेट लिएका थिए ।

त्यसअघि सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्रै जोडन सफल भएका थिए ।

कुवेतका लागि कप्तान मोहमद कासिफले सबैभन्दा बढी नटआउट ४९ रन जोडे । अन्तिम २ ओभरमा आक्रामक रुपमा प्रस्तुत भएका उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे । अडनास एड्रिसले २५ रन जोड्दा मोहमद अस्लामले २३ रनको योगदान दिए ।

बलिङमा नेपालका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३/३ विकेट लिए । सन्दीपले ४ ओभरमा २१ रन र बसन्तले २० रन दिए । करण केसी २ विकेट र अभिनास बोहराले १ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्
MBL