Logo

बाढी पीडितको उद्वार र राहतका लागि पुर्वप्रम नेपाल सहित ४ जना मन्त्री तराईमा, सँगै समितिका सभापतिहरू पनि

बाढी पीडितको उद्वार र राहतका लागि पुर्वप्रम नेपाल सहित ४ जना मन्त्री तराईमा, सँगै समितिका सभापतिहरू पनि



काठमाडौं । बाढी पीडितको उद्वार र राहतका लागि पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल सहित बहालवाला ४ जना मन्त्री बाढी प्रभावित क्षेत्र तराईमा पुगेका छन ।

गत बिहीबार देखी परेका अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परि ८३ जनाले ज्यान गुमाए पछि पूर्व प्रम नेपाल सहितको टोली बाढी प्रभावित क्षेत्रमा स्थलगत अवलोकनमा लागि पुगेका हुन ।

पूर्व प्रम तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, सिंचाईमन्त्री बर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठ, संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साह सहितको टोली रौतहट पुगेका हुन ।

तराईका जिल्लाहरुमा बाढीले पुर्याएको क्षति अवलोकन, उद्धार तथा राहतको पछिल्लो अवस्था एवं भविष्यमा चाल्नुपर्ने कदमका बारेमा अहिले रौतहटमा छलफल भईरहेको छ ।

अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परि हाल सम्म ८३ जनाले ज्यान गुमाएको छ । बाढी पहिरोकै कारण ४१ जना घाईते भएको छ भने ३५ जना अझै बेपत्ता भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार घाईतेहरुको उपचार भईरहेको छ भने बेपत्ताहरुको खोजीकार्यलाई तिब्र बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL