Logo

प्रदेश ३ का योजना आयोग उपाध्यक्ष देवकोटाले दिए राजीनामा, यस्तो छ राजीनामा दिनुको कारण

प्रदेश ३ का योजना आयोग उपाध्यक्ष देवकोटाले दिए राजीनामा, यस्तो छ राजीनामा दिनुको कारण



काठमाडौं । ३ नंवर प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले पदबाट राजीनामा दिएका छन । उनले मंगलबार आफ्नो व्यक्तिगत कारण देखाई आयोगको उपाध्यक्ष पदबाट राजिनामा दिएका हुन ।

laxmi

कुनै दवाबका कारण नभई आफ्नै व्यक्तिगत कारणले नै राजिनामा दिएको बताएका छन । उनले आफ्नो कार्यकालमा आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको जानकारी दिएका छन ।

लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको तथा प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरु समेत निर्माण गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL