Logo

रौतहटको दुर्गा भगवतीमा बाढी पीडितको बिचल्ली, राहातको पर्खाइमा दिन कटाउँदै

रौतहटको दुर्गा भगवतीमा बाढी पीडितको बिचल्ली, राहातको पर्खाइमा दिन कटाउँदै



काठमाडौं । यही बिहीबार राती देखी परेको अविरल बर्षाका कारण रौतहट क्षेत्रका बाढी पीडितको बिचल्ली भएको छ । बिद्यालयहरुमा बसेका बाढी पीडितहरुले अहिले खान समेत पाएका छैनन ।

दुर्गाभगवती गाउपालिकाको सरस्वती माध्यामिक विद्यालयमा बस्दै आएका सयौ परिवार खाने र बस्ने समस्याले पीडित छन । घरमा भएको लता कपडा, अन्य सरसामानहरु बाढीले बगाएपछि उनीहरु बिद्यालयको चिसो बरन्डामा बस्दै आएका छन ।

उक्त बिद्यालयमा करिब ३ सय पीडित परिवार बस्दै आएका छन । खाने समस्या छ । धेरै बिरामी पर्न थालेका छन । सुत्केरी, बृद्धबृद्धाहरु बिरामी पर्न थालेका छन । औषधी उपचारको सुबिधा छैन ।

भैसी, बाख्रा, गाइ समेतसँगै राखिएको छ । बिद्यालयका कक्षा कोठाहरुमा बेन्च जोडेर पीडितहरु बस्दै आएका छन । बढी प्रभावित दुर्गाभगवती गाउपालिका तथा इशनाथ नगरपालिकामा सोमवार साँझ सम्म पीडितले राहात पाएका छैनन् । खाने सामाग्रीको समेत अभाव छ ।

गाउपालिकाले एक ट्रक चामल वितरणको लागी ल्याएको भए पनि मंगलबारमात्रै वितरण गर्ने भए पछि पिडित झनै विच्ल्लीमा परेका हुन । गाउपालिकाको ५ वटा वडाका अधिकांश बस्ति बाढी र डुवान बाट पुर्णरुपमा प्रभावित छ । इशनाथ नगरपालिकाको बन्जारहा र औरया टोलमा सोमवार साँझ सम्म राहात पुगेको छैन ।

२ ओटा रबरवोटमा सोमवार दिउँसो उद्धार र राहातको लागि प्रदेश सरकारले ३ हजार त्रिपाल पठाएको छ । ३ सय त्रिपाल दुर्गाभगवतीको बडर्वामा रहेकाहरु लाइ र ६ सय त्रिपाल इशनाथ नपाको बन्जराहा र औरैयाका लागी पठाएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL