Logo

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म ५० जनाको निधन ३३ जना बेपत्ता

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म ५० जनाको निधन ३३ जना बेपत्ता



काठमाडौं । अविरल बर्षाका कारण मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । ४ दिन सम्म लगातार परेको पानीका कारण आएको बाढी पहिरोमा परी ५० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीका अनुसार बिहीबार देखी आईतबार मध्यान्ह सम्ममा ५० जनाले ज्यान गुमाईसकेको छ । जस्मा ४५ जनाको पहिचान भईसकेको छ भने अन्यको पहिचान हुन बाँकी रहेको छ । पहिचान हुनेहरुमा २६ पुरुष र १९ महिला रहेका छन ।

त्यस्तै बेपत्ताको संख्या ३३ जना पुगे पनि महिला र पुरुष छुट्याई नसकेको नेपाल प्रहरीका विश्वाराज पोखरेलले जानकारी दिएका छन । उनका अनुसार हाल सम्ममा घाईतेको संख्या भने २५ जना पुगी सकेको छ । घाईतेहुनेहरुमा १० जना महिला र १५ जना पुरुष रहेका छन ।

नेपाल प्रहरीले डुवानमा परेका ११ सय ४ जनाको उद्धार गरिएको छ भने बेपत्ताहरुको खोजीकार्यका लागि काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना, प्रदेश १ का लागि ६ हजार ३ सय ५, प्रदेश २ का लागि ५ हजार ७ सय २, प्रदेश नं. ३ का लागि ३ हजार ४ सय ५ र ६ नं. प्रदेशका लागि ३ हजार १ ससय १२ जना प्रहरी कर्मचरी खटाएको प्रवक्ता पोखरेलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL