Logo

बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ४५ पुग्यो, घाईतेको संख्या २५

बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ४५ पुग्यो, घाईतेको संख्या २५



काठमाडौं । ४ दिन सम्म लगातार परेको पानीका कारण आएको बाढी पहिरोमा परी ४५ जनाले ज्यान गुमाएको छ । नेपाल प्रहरीका अनुसार बिहीबार देखी आईतबार बिहान ९ बजे सम्ममा २६ पुरुष र १९ महिला गरी ४५ जनाले ज्यान गुमाएको हो ।

त्यस्तै बेपत्ताको संख्या ३३ जना पुगे पनि महिला र पुरुष छुट्याई नसकेको नेपाल प्रहरीका विश्वाराज पोखरेलले जानकारी दिएका छन । उनका अनुसार हाल सम्ममा घाईतेको संख्या भने २५ जना पुगी सकेको छ । घाईतेहुनेहरुमा १० जना महिला र १५ जना पुरुष रहेका छन ।
पोखरेलका अनुसार डुवानमा परेका ११ सय ४ जनाको उद्धार गरिएको छ भने बेपत्ताहरुको खोजीकार्य तिब्र पारेको छ ।

नेपाल प्रहरीले काठमाडौं भ्याल्लीका लागि ८ हजार ८ सय ५६ जना, प्रदेश १ का लागि ६ हजार ३ सय ५, प्रदेश २ का लागि ५ हजार ७ सय २, प्रदेश नं. ३ का लागि ३ हजार ४ सय ५ र ६ नं. प्रदेशका लागि ३ हजार १ ससय १२ जना कर्मचरी खटाएको प्रवक्ता पोखरेलले बताएका छन ।

हाल प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट २७ हजार ३ सय ८० जना प्रहरी कर्मचारी परिचालन भएको छ । बर्षाका कारण ठूलो संख्यामा मानवीय क्षेती हुनुका साथै करोडौको भौतिक क्षेत्री भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL