Logo

कोशी ब्यारेजको ५६ वटै ढोका खोलिए, पानीको बहाबले बाँधमा असर

कोशी ब्यारेजको ५६ वटै ढोका खोलिए, पानीको बहाबले बाँधमा असर



काठमाडौं । कोशी ब्याजरेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको हो ।

पानीको बहाब बढेर खतराको संकेत देखिन थालेसँगै ब्याजरेको सम्पूर्ण ढोका खुला गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

रौतहट जिल्ला प्रशासन कार्यालयले आफ्नो जिल्ला डुबानमा परेसँगै शक्रबार नै बाँधको ढोका खोल्न आग्रह गरेको थियो ।

तर, शनिबार पानीको बहाब अत्याधिक भई ३ लाख १८ हजार क्यूसेक पुगेसँगै बाधको सम्पूर्ण ढोका खोलिएको हो ।

पानीको बहाबले बाधको केही भाग भत्कन पुगेको थियो । तर, त्यसलाई भारतीय पक्षले मर्मत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL