Logo

बर्षाका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो, १५ जना बेपत्ता

बर्षाका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो, १५ जना बेपत्ता



काठमाडौं । बिहिबार रातिदेखि परेको पानीले हालसम्म २६ जनाले ज्यान गुमाई सकेका छन ।
नेपाल प्रहरीका अनुसार लगातारको बर्षा र बाढीले गर्दा देशभरबाट शुक्रबार र शनिबार बिहान १० बजे सम्मा २६ जनाको मृत्यु भएको हो ।

laxmi

त्यस्तै बेपत्ताको संख्या १५ जना पुगेको छ भने घाईते हुनेको संख्या १० जना पुगेको नेपाल प्रहरीका प्रवक्ता विश्वाराज पोखरेलले जानकारी दिएका छन । पोखरेलका अनुसार डुवानमा परेका ५० जनाको उद्धार गरिएको छ भने बेपत्ताहरुको खोजीकार्य भईरहेको छ ।

हाल प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट सम्पुर्ण जनशक्ति, श्रोत साधन परिचालन गरि उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । वर्षाका कारण मानवीय क्षतीका साथै करोडौको भौतिक क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार भौतिक क्षती भए पनि अहिले सम्म कुनै तथ्याङ्क भने आई नसकेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन । उनका अनुसार शुक्रबार देखी सम्पर्क विहिन भएको प्रदेश नम्बर २ आज विहान देखी मात्रै सम्पर्कमा आएको र थप विवरण आउने क्रम जारी रहेको छ ।

उनले भने, ‘हामी निरन्तर प्रयासमा छौं धेरै मानिसहरु हराई रहेका छन मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL