Logo

भारतीय तरकारी तथा फलफुलको विषादी जाँचलाई निरन्तरता दिनु : सर्वाेच्च

भारतीय तरकारी तथा फलफुलको विषादी जाँचलाई निरन्तरता दिनु : सर्वाेच्च



काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयात हुने तरकारी तथा फलफूलको विषादी परिक्षणलाई निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परिक्षण नगर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

गत बुधबारको मन्त्रीपरिषद्ले तयारी नपुगेको भन्दै तरकारी तथा फलफुल जाँचलाई स्थगित गरिएको बताएको थियो सोही अनुसार सर्वाेच्च अदालतले रिट परेको आधारमा आगामी ३० गते सो मुद्धाको सुनुवाई गर्ने भन्दै उक्त कार्य स्थगित नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत २ असारमा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL