Logo

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता बीच गोली हानाहान, प्रहरी जवान सहित २ जना मारिए

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता बीच गोली हानाहान, प्रहरी जवान सहित २ जना मारिए



काठमाडौं । बुधबार विहान भोजपुर जिल्लाको भोजपुर बजारमा प्रहरी र विप्लव निकट कार्यकर्ताबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ ।

विहान ८ बजेर ३० मिनेट जाँदा भएको गोली हानाहानमा परि विप्लव नेकपाका ओखलढुङ्गा ईन्चार्ज नीर कुमार राई र प्रहरी जवानको मृत्यु भएको हो ।

प्रहरीका अनुसार विप्लक नेकपाका कार्यकर्ताले प्रहरीलाई पछाडीबाट झुक्याएर गोली हानेपछि प्रहरीले पनि जवाफी फायर गर्दा ईन्चार्ज राईको मृत्यु भएको हो । यस्तै विप्लव कार्यकर्ताको गोली लागेर प्रहरी जवान सन्जीव राईको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL