Logo

आइएमई पे मोबाइल वालेटको नयाँ विशेषता, डिल्समार्फत विज्ञापन राख्न सकिने

आइएमई पे मोबाइल वालेटको नयाँ विशेषता, डिल्समार्फत विज्ञापन राख्न सकिने



काठमाडौं । आइएमई डिजिटल सोलुसनद्वारा संचालित आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ ।

laxmi

उक्त मोबाइल एपमा राखिएको ‘डिल्स’ मार्फत आइएमई पे मोबाइल वालेट एप चलाउने ग्राहकहरुले विभिन्न रेस्टुराँ वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सक्नेछन । आइएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीहरूले आइएमई पे एजेन्टबाट वा आफ्नो बैंकबाट सिधै मोबाइल वालेट एप चलाउन सकिनेछ ।

काठमाडौं र पोखराका विभिन्न रेस्टुराँहरुमा हाल डिल्स सेवा अन्तरगत विभिन्न छुटको व्यवस्था समेत गरिएको छ । मोबाइल वालेट एप डिल्स मार्फत ग्राहकले तोकिएको स्थानमा गई आइएमई पेबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन ।

साथै आइएमई पेबाट विक्रेता अर्थात् मर्चेन्ट बनेका विक्रेताले आफ्नो छुटको विज्ञापन बिना कुनै शुल्क आइएमई पेका ग्राहकहरूलाई देखाउन वा प्रदर्शन गर्न समेत सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL