Logo

नेपाली जुत्ता घरमा एसईई उत्तिर्ण विद्यार्थीलाइ विशेष अफर, ५० हजारसम्म छात्रवृत्ति

नेपाली जुत्ता घरमा एसईई उत्तिर्ण विद्यार्थीलाइ विशेष अफर, ५० हजारसम्म छात्रवृत्ति



काठमाडौं । हालै एसईई परीक्षा उत्तिर्ण भएका विद्यार्थीलाई लक्षित गरी नेपाली जुत्ताघरले छात्रवृत्ति तथा समर शेल मेला आयोजना गरेको छ । उक्त मेलामा एसएलसी उत्तिर्ण विद्यार्थीहरुका लागि उच्च शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम संचालन गर्ने भएको छ । उक्त छात्रवृत्ति प्रदान गर्नका लागि प्रत्येक जोर जुत्ताबाट २ रुपैयाँ उठाईने आयोजकले जानकारी दिएको छ ।

laxmi

आयोजकका अनुसार केही दिनसम्मका लागि चल्ने उक्त मेलामा एकै स्थानमा स्वदेशी ब्राण्डहरु जस्तै शिखर सुज, बिएफ डियरहिल सुज, क्रस रोड लगायतका जुत्ताहरु उपलब्ध हुनेछन ।

उक्त जुक्ता किनेपश्चात हालै एसईई परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुले भने गोला प्रथाबाट ५० हजार देखि १० हजार रुपैयाँसम्म नगद पुरस्कार पाउने भएका छन ।

यस्तै समरसेल मेलामा भने स्वदेशी जुत्ताहरुमा १५ देखि ५० प्रतिशतसम्म छुट तथा विशेष छुटमा ३ सय रुपैयाँसम्म छुट उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL