Logo

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम, प्राथमिकतामा ठूला विद्युतीय बसदेखि रात्रीकालिन व्यवसाय प्रवर्द्धनसम्म

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम, प्राथमिकतामा ठूला विद्युतीय बसदेखि रात्रीकालिन व्यवसाय प्रवर्द्धनसम्म


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार कामपाका मेयर बिद्यासुन्दर शाक्यले विभिन्न ५ शिर्षक, २६ उपशिर्षक र १ सय ३८ बुँदामा महानगरको नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरेका हुन ।

उनले प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रममा १६ बुँदामा चालु आर्थिक बर्षका कामको समीक्षा र ८ बुँदामा आगामी बर्षका प्राथमिक योजना, नीति तयार गर्दा अबलम्बन गरिएका पद्धतिका बिषय उल्लेख छ।

मेयर शाक्यले प्रस्तुत गरेका नीति तथा कार्यक्रम असार ४ गते बसेको नगर कार्यपालिकाको ३४ औं बैठकले नगर सभाको प्रस्तावका रुपमा पेश गर्न स्वीकृत गरेको थियो । महानगरको उक्त नीति तथा कार्यक्रममा पारदर्शिता, आर्थिक अनुशासन तथा सामाजिक न्यायलाई अङ्गीकार गर्दै भ्रष्टाचारमुक्त विधिको शासन व्यवस्थालाई सुनिश्चित गर्ने बताईएको छ ।

यस्तै उक्त नीति तथा कार्यक्रमले स्थानीय जनताको जीवनस्तर माथि उकास्न स्थानीय ज्ञान, सीप र क्षमतालाई प्रश्रय दिने तथा राष्ट्रका सांस्कृतिक धरोहर मानिने सम्पदा र संस्कृतिलाई सम्वर्धन एवं प्रबर्धन गर्ने नीतिलाई महानगरले निर्देशित नीतिका रुपमा लिएको जनाईएको छ । उक्त नीति तथा कार्यक्रममार्फत महानगरले ‘समृद्धिका लागि सहकारी अभियान’ र ‘प्राबिधिक तथा व्यवसायिक शिक्षाको बिस्तार, समृद्ध महानगर निर्माणको आधार’ को नारा अघि बढाएको छ ।

काठमाडौं महानगरपालिकाले उक्त नीति तथा कार्यक्रममार्फत आगामी आबमा महानगरस्तरीय एकीकृत सीप बिकास प्रतिष्ठान सञ्चालनका लागि अध्ययन गर्ने भएको छ । यस्तै काठमाडौंमा व्यापार प्रवद्र्धनका लागि रात्रीकालिन व्यापार प्रवद्र्धन गर्ने कुरा पनि उक्त नीति तथा कार्यक्रममा समेटिएको छ ।

यी हुन कामपाको नीति तथा कार्यक्रममा समेटिएका विषयहरु :

  • व्यापार प्रवर्धनका लागि रात्रीकालीन व्यापार प्रवर्धन गर्ने
  • बिश्व सम्पदा क्षेत्र (पशुपति, बौद्ध, बसन्तपुर र स्वयम्भू) लाई पर्यटकीय हबका रुपमा बिकास गर्ने
  • एब वडा एक नमूना सामुदायिक बिद्यालय बनाउने, सबै बिद्यालयमा एउटै रङ्ग लगाउते, बालमैत्री चित्र लेख्ने, खाली भएको ठाउँमा हरियाली बनाउने
  • महानगर जेष्ठ नागरिक अस्पताल खोल्न प्रदेश र संघ सरकारसँग सहकार्य गर्ने
  • मनमोहन जेष्ठ नागरिक निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने
  • सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माणका लािग सहयोग गर्ने
  • हिंसामा परेका महिलालाई पुनस्र्थापना केन्द्रमा अस्थायी आश्रम दिने तथा स्वरोजगारमुलक सीप दिने
  • सर्वसाधारणलाई सार्वजनिक शौचालयमा पहुँच बढाउन निर्माण तथा सञ्चालनसँगै सपिङ् मल, रेष्टुरेन्ट, अस्पताल, पेट्रोल पम्पसँग सहकार्य गर्ने
  • नेपाल र नेपाली भाषाको प्रवर्धनमा योगदान पु¥याउने श्रष्टालाई महानगर साहित्य पुरस्कार, शुशासन प्रवर्धनमा योगदान पु¥याउने पत्रकारलाई महानरीय शुशासन पत्रकारिता पुरस्कार, युवा प्रोत्साहनका लागि महानगर आदर्श युवा पुरस्कार, जेष्ठ नागरिकलाई मनमोहन जेष्ठ नागरिक सम्मान, प्रजातान्त्रिक आन्दोलनमा समर्पित योद्धालाई गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान,
  • सहरी व्यवस्थापन, सम्पदा, संस्कृति, आर्थिक, सामाजिक, वातावरण तथा बिपदजस्ता बिषयमा अध्ययन अनुसन्धान गर्न शोधकर्ताका लािग काठमाडौं सिटी प्लानिङ् एण्ड रिसर्च इन्स्टिच्युट (केसिपिआरआइ) स्थापना कार्य अघि बढाउने
  • सहरी सेवालाई एकीकृत र व्यवस्थित गर्न सहरी पूर्वाधार तथा सेवा समन्वयन ऐन तर्जुमा गर्ने
  • मेयर उज्यालो कार्यक्रमअन्तर्गत मुख्य चोकमा हाइमास बत्ती जडान गर्ने
  • काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ कार्यान्वयन गर्ने
  • स्मार्ट सिटीका चार आधार स्तम्भ — स्मार्ट नगरबासी, स्मार्ट अर्थतन्त्र, स्मार्ट पूर्वाधार र स्मार्ट शासनलाई सूचक मानेर स्मार्ट सहर निर्माणमा काम गर्ने
  • केएमसि आइसिटि पोलिसि तर्जुमा गर्ने
  • असल निर्माण अभ्यासलाई प्रवर्धन गर्ने
  • उपत्यकालाई सिङ्गो समृद्ध सहरका रुपमा बिकास गर्न उपत्यका एकीकृत बिकास कार्यक्रम अघि बढाउने
  • भेहिकल क्लिनिङ् सेन्टर स्थापना गर्ने
  • ठूला बिद्युतीय सवारीलाई प्रोत्साहन गर्ने
  • एक घर २ रुखको नीतिलाई निरन्तर अघि बढाउने
  • तीनकुनेमा अन्तरराष्ट्रिय स्तरको बुद्ध पार्क बनाउने
  • दमकल जान नसक्ने ठाउँमा फायर हाइड्रेन्टको व्यवस्था गर्ने
  • जोखिमपूर्ण अवस्थामा रहेका पेट्रोल पम्प र ग्याँस स्टेशन हटाउने
  • कर्मचारीको व्यवस्थापनका लागि कर्मचारी सेवा ऐन तर्जुमा गर्ने
  • आइभिआर (इन्ट¥याक्टिभ भ्वाइस रेकर्डिङ्) प्रणालीको शुरुवात् गर्ने
  • इन्द्रजात्रालाई बिश्वव्यापी बनाउन भगिनी सम्बन्ध भएका सहरका प्रमुख तथा प्रतिनिधिलाई जात्रा अवलोकन गर्न आमन्त्रण गर्ने

प्रतिक्रिया दिनुहोस्
MBL