Logo

सरकारले फिर्ता लियो गुठी विधेयक, सरोकारवालाहरुसँग छलफल गरिने

सरकारले फिर्ता लियो गुठी विधेयक, सरोकारवालाहरुसँग छलफल गरिने



काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन । पछिल्लो समय गुठीहरु मास्न नहुने भन्दै चौतर्फी आन्दोलन चर्किएपछि उक्त विधेयक फिर्ता लिएको जानकारहरुले बताएका छन ।

सत्तापक्षकै नेता कार्यकर्ताहरु गुठी विधेयक विरुद्ध उत्रिएपछि सरकार विधेयक फिर्ता लिन बाध्य भएको हो । १ हप्ता लामो विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्केकै दिन गुठी विधेयक जाँच गर्ने जानकारी दिएका थिए ।

यसै सन्दर्भमा मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलनको आयोजना गर्र्दै विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन । उनले सरकारले गुठीयारलाई संरक्षण तथा व्यवस्थित गर्नका लागि विधेयक ल्याईएको भएपनि विभिन्न भ्रमहरु सिर्जना गरी विरोध गरिएको भन्दै जनधारणा अनुसार फिर्ता लिईएको जानकारी दिएकी हुन । उनले उक्त विधेयक का लागि विभिन्न सरोकारवालाहरुसँग छलफल गर्ने जानकारी दिएकी छन ।

guthi-bidheyek

प्रतिक्रिया दिनुहोस्
MBL