Logo

लोकसेवा आयोगले बढायो आवेदन दिने म्याद, डबल दस्तुर तिरेर १७ गतेसम्म भर्न पाइने

लोकसेवा आयोगले बढायो आवेदन दिने म्याद, डबल दस्तुर तिरेर १७ गतेसम्म भर्न पाइने



काठमाडौं । लोकसेवा आयोगले आवेदन दिने समय एक हप्ताको लागि थप गरेको छ । आयोगको मंगलबार बसेको बोर्ड बैठकले ७ दिने समय थप गरे पछि असार १० गते सम्म निबेदन दिन पाउने भएको हो ।

आयोगले स्थानीय तहमा रिक्त पदको लागि खुलाएको विज्ञापन असार ३ गते सम्म मात्रै समयसिमा राखेको थियो । म्याद थप भए पछि आवेदन दिन चाहानेले असार १० गते सम्म निबेदन दिन पाउने भएको छ ।

आयोगले म्याद थप गर्ने निर्णय गरेको सुचना अधिकारी डिल्ली सुवेदीले जानकारी दिएका हुन । उनका अनुसार वेभ सर्भरमा समस्या दखिए पछि अन्तिम मितिमा स्थानीय तहका लागि आवेदन दिने आवेदक समस्यामा परेका थिए ।

सुवेदीका अनुसार डबल दस्तुर तिरेर भने असार १७ गतेसम्म आवेदन दिन पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL