Logo

यातायात मन्त्री व्यवसायीक स्वार्थमा लाग्दा समस्यामा सरकार, बढाएको भाडा फिर्ता लिन प्रधानमन्त्री कार्यालयको निर्देशन

यातायात मन्त्री व्यवसायीक स्वार्थमा लाग्दा समस्यामा सरकार, बढाएको भाडा फिर्ता लिन प्रधानमन्त्री कार्यालयको निर्देशन



काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ । बिहीबार दिउँसो सार्वजनिक यातायातको भाडा वृद्धि गरेको यातायात व्यवस्था विभागले बेलुकी अर्को सुचना प्रकाशित गर्दै फिर्ता लिएको हो ।

यस अघि ७/८ प्रतिशतको दरमा भाडा वृद्धि गर्दै आएको विभागले यस पटकको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठको दवावमा १२ प्रतिशत भाडा वृद्धि गरेको थियो ।

पछिल्लो समय मन्त्री महासेठले व्यवसायीक स्वार्थ केन्द्रित हुँदै निर्णय गर्नथालेपछि सो विषयमा प्रधानमन्त्री कार्यालयले नै चासो देखाएर तत्काल उक्त भाडा वृद्धि रोक्न निर्देशन दिएको विभाग स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनसँगै विभागले बैज्ञानिक तरिकाबाट भाडादर तय गर्नुपर्ने भन्दै तत्काललाई स्थगित गरिएको जानकारी दिएको छ ।

बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL