Logo

चितवनको पुरानो मेडिकल कलेजमा सुरु भयो मिर्गौला प्रत्यारोपण

चितवनको पुरानो मेडिकल कलेजमा सुरु भयो मिर्गौला प्रत्यारोपण



काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज ‘पुरानो मेडिकल कलेज’ टिचिङ अस्पतालमा लामो समय पछि मिर्गौला प्रत्यारोपण सुरु भएको छ । करीब चार बर्ष अघि नै लाइसेन्स पाएको कलेजले तेस्रो मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको हो ।

गत सोमबार प्रध्यापक डाक्टर राकेश बर्माको टोलीले साढे तीन घण्टा लगाएर भक्तपुर (६ निवासी ५४ बर्षीय विष्णुगोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो । उनलाई २५ बर्षीय आफ्ना भान्जा रिजनबीर जोशीले मिर्गौला दिएका थिए ।

सोमबारको प्रत्यारोपण पछि उत्साहित भएका डा. बर्माले पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपणले नियमितता पाउने दावी गरे । उनले आफूले अब पुरानो मेडिकल कलेजबाट सेवामा निरन्तरता दिने बताएका छन । ‘मैले अब यता नै निरन्तरता दिन्छु । म यता आवद्ध भएर नै यो सेवा सुरु भएको हो,’ उनले भने ।

यसअघि उनी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत थिए । उनले भरतपुरमा कलेजो प्रत्यारोपणको समेत तयारी भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL