Logo

एफएनसीसीआईको प्रतिनिधिमण्डल प्रधानमन्त्रीसँगै आईएलओको सम्मेलनमा भाग लिँदै, यस्तो छ भ्रमणतालीका

एफएनसीसीआईको प्रतिनिधिमण्डल प्रधानमन्त्रीसँगै आईएलओको सम्मेलनमा भाग लिँदै, यस्तो छ भ्रमणतालीका



काठमाडौं । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को १०८ औं सम्मेलनमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल त्यसतर्फ प्रश्थान गरेको छ । नेपालको तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्विजरल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणदलको रुपमा महासंघको प्रतिनिधिमण्डलपनि त्यसतर्फ प्रस्थान गरेको हो ।

laxmi

आइएलओको शतवार्षिकी कार्यक्रम विशेष समारोहका बीच सोमबार जेनेभामा आयोजना हुंदैछ भने सम्मेलन आगामी असार ६ गतेसम्म चल्ने छ । स्विजरल्याण्ड गएको महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघको रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको ५ नम्वर प्रदेशका अध्यक्ष गुणनिधि तिवारी, महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डिवी बस्नेत लगायत ९ सदस्यीय टोली रहेको छ । आइएलओको कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा हाल यूरोपको भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डल पनि सहभागी हुने कार्यक्रम छ ।

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को उक्त सम्मेलनमा सरकार, रोजगारदाता र ट्रेड यूनियन प्रतिनिधिहरूको सहभागिता रहने छ । सम्मेलनमा महासंघका तर्फबाट महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकालले जेठ ३० गते संबोधन गर्ने कार्यक्रम रहेको महासंघले जानकारी दिएको छ ।

आइएलओको शतवार्षिकी कार्यक्रम पश्चात प्रधानमन्त्री ओली बेलायत तथा फ्रान्सको समेत औपचारिक भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्रीको सवै औपचारिक कार्यक्रममा महासंघको प्रतिनिधिमण्डल पनि सहभागी हुने कार्यक्रम छ ।

फ्रान्स भ्रमणका क्रममा दुई देश बीच हुने उच्चस्तरीय व्यवसायिक भेटवार्ता र सोही क्रममा महासंघ र मेडेफ इन्टरनेशनल बीच सहमतीपत्र मा हस्ताक्षर हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL