Logo

स्थानीय जनप्रतिनिधिलाई महासंघको संघीय सुशासन तालिम, सातै प्रदेशमा आयोजना गरिने

स्थानीय जनप्रतिनिधिलाई महासंघको संघीय सुशासन तालिम, सातै प्रदेशमा आयोजना गरिने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्थानीय जनप्रतिनिधिलाई संघीय सुशासन सम्बन्धी तालिम दिन सुरु गरेको छ । महासंघले पहिलो चरणमा ३ नम्बर प्रदेशका जनप्रतिनिधलाई उक्त तालिम दिएको हो ।

laxmi

महासंघ र अमेरिकन राजदूतावासको संयुक्त आयोजना ३ नम्बर प्रदेशका जनप्रतिनिधिलाई बिहीबारदेखि उक्त तालिम दिन सुरु गरिएको हो । सो तामिल ४ दिनसम्म चल्नेछ ।

उक्त तालिमको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई संवोधन गर्दै सामान्य प्रशासन मन्त्री पण्डितले जनता र स्थानीय सरकारबीचको समन्वय र सहकार्य अपरिहार्य भएको बताए । मन्त्री पण्डितले विकासप्रति जनताका इच्छा आकांक्षा निकै धेरै भएका र तीनलाई पुरा गर्ने दायित्व स्थानीय सरकारको भएकाले जनतास“ग जोडिएर प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न पनि स्थानीय पदाधिकारीहरूलाई निर्देशन दिए ।

यस्तै कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष राणाले स्थानीय सरकारस“ग निजी क्षेत्र समन्वयात्मक ढंगबाट अगाडी बढ्न र सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाएकी छन । उनले विगतमा स्थानीय जनप्रतिनिधि समेत नरहेको अवस्थामा निजी क्षेत्रले आम नेपालीस“ग जोडिएर कार्य गरेको स्मरण गर्दै स्थानीय विकासमा सरकारलाई साथ दिन निजी क्षेत्र तयार रहेको बताएकी छन ।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले स्थानीय सरकारको प्रभावकारी संचालनमा सहयोग पुर्याउने उद्देश्यले महासंघस“गको सहकार्यमा सातै प्रदेशमा उक्त कार्यक्रम आयोजना गर्ने र यसको पहिलो सुरुवात प्रदेश नम्वर ३ बाट गरिएको बताए ।

प्रदेश नम्वर ३ का स्थानीय सरकारका करिव ५० जना पदाधिकारीहरूको सहभागिता रहेको उक्त तालीमको डिजाइन अमेरिकास्थित मेरिल्याण्ड विश्व विद्यालयले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL