Logo

मोदीको सपथ ग्रहणमा ओलीले भने, ‘बीमस्टेकले सार्कलाई प्रतिस्थापन गर्न सक्दैन’

मोदीको सपथ ग्रहणमा ओलीले भने, ‘बीमस्टेकले सार्कलाई प्रतिस्थापन गर्न सक्दैन’



काठमाडौं । नेपालका प्रधानमन्त्री तथा दक्षिण एशियाली सहयोग संगठन(सार्कका) वर्तमान अध्यक्ष केपी शर्मा ओलीले क्षेत्रीय सामुहिकरणको पुनःउद्धार गर्नुपर्ने बताएका छन । उनले पाकिस्तान निकट आतंककारी समुहबाट भारतमा हमला भएपछि विथोलिएको सार्कको पुनःउद्धार गर्नुपर्ने जानकारी दिएका हुन ।

भारतीय मिडिया ईन्डिया टुडेसँग बोल्दै उनले भने, ‘क्षेत्रीय तथा अन्य ईस्युको बारेमा म बोल्न चाहन्न, तर सार्कको अध्यक्षका नाताले नेपाल सार्कलाई पुर्नजागरण गर्दै अघि बढाउन चाहन्छु,’ उनले भने, ‘क्षेत्रीय सम्बन्धको विकासभन्दा ठुलो अरु केही हुनै सक्दैन ।’

नयाँ दिल्लीमा शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा भाग लिन गएका प्रधानमन्त्री ओलीले भारतीय मिडियासँगको कुराकानीमा उक्त कुराको जानकारी दिएका हुन ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो कुटनीतिक साझेदारी अगाडी बढाउन बीमस्टेक राष्ट्रका सदस्यहरुलाई मात्रै आमन्त्रित गरेको प्रधानमन्त्री केपी ओलीले बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बीमस्टेकलाई सार्कको विकल्पको रुपमा हेर्न नहुने प्रष्ट पारेका छन । ‘बीमस्टेकलाई सार्कको विकल्पको रुपमा हेरिएको छ जसले यस क्षेत्रको विकासलाई बाधकको रुपमा सावित गर्न खोजिएको छ,’ उनले भने, ‘प्रायःजसोले यी दुई क्षेत्रलाई एकअर्काका परिपुरकको रुपमा बुझेका छन तर यो हुन सक्दौन ।’ बीमस्टेकले सार्कलाई प्रतिस्थापन गर्न नसक्ने समेत उनको दावी थियो ।

यस्तै श्रीलंकाली राष्ट्रपति मैत्रिपाल श्रिसेनाले सार्क र बिमस्टेक दुबै संगठन भएको र दुबैमा उस्तै सम्बन्ध रहने जानकारी दिएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भेटघाटमा नेपालका बैंकमा जम्मा भएका भारतीय पुराना नोटहरु साट्ने विषयमा पनि कुरा उठाएका थिए । ‘नेपालका बैंकहरुमा भारतीय पुराना नोटहरु धेरै नै थुप्रेका छन,’ उनले भने, ‘तर यसको बारेमा हामी पछि सल्लाह गर्दै गरौंला ।’

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निम्तो समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL