Logo

मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रम ओली भारत प्रस्थान

मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रम ओली भारत प्रस्थान



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बिहीबार साँझ हुने सपथ कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन । प्रधानमन्त्री ओली बिहीबार दिउँसो भारत प्रस्थान गरेका हुन । यस्तै भारतीय प्रधानमन्त्री मोदीको सपथमा सहभागी हुन भुटानका प्रधानमन्त्री लोटे छिरिङ पनि बिहीबार नयाँदिल्ली पुगेका छन ।

राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले स्थानीय समय अनुसार साँझ ७ बजे नरेन्द्र मोदीलाई भारतको प्रधानमन्त्री पदको सपथ गराउने कार्यक्रम रहेको छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोग सम्बन्धी बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुलाई उक्त सपथ ग्रहण कार्यक्रममा आमन्त्रण गरिएको छ ।

बिमस्टेकमा भारत सहित नेपाल, बंगलादेश, भुटान, म्यान्मार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।

सपथ कार्यक्रममा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति यू वीन मिन्ट, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका विशेष दूत सहभागी हुने कार्यक्रम छ । साथै किर्गिजस्तानका राष्ट्रपति सूरोन्बे जीन्बेकोभ पनि सहभागी हुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL