Logo

प्रधानमन्त्री ओली विदेश प्रश्थान , के गर्नेछन ६ दिनसम्म ?

प्रधानमन्त्री ओली विदेश प्रश्थान , के गर्नेछन ६ दिनसम्म ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिनका लागि विदेश भ्रमणमा गएका छन । बिहीबार भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीको निम्तोमा त्यहाँ गएका प्रधानमन्त्री ६ दिनसम्म नेपाल नफर्कने भएका छन।

laxmi

प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री सुआन फुक र कम्बोडियाका प्रधानमन्त्ती सम्देह अक्का मोह सेना पडेई टेको हुन सेनको निमन्त्रणामा भ्रमणमा गएका हुन । प्रधानमन्त्री ओली सुरुमा भियतनाम मा बैशाख ३० गतेसम्म भ्रमण गर्नेछन ।

त्यहाँ उनले आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने र नेशनल एसेम्बेलीका अध्यक्षसँग पनि भेटघाट गर्नेछन । भियनतामको भ्रमण सकाएर जेठ ३० गते कम्बोडिया लाग्नेछन् । त्यहाँ उनले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने तय भएको छ ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई लगायत प्रतिनिधि प्रधानमन्त्रीसँग गएका छन । प्रधानमन्त्री ओली जेठ १ गते मात्रै स्वदेश फर्किने समय तालिका छ ।

प्रतिक्रिया दिनुहोस्
MBL