Logo

प्रधानमन्त्री ओलीले संसदमा आज जवाफ दिने, नीति तथा कार्यक्रम आजै पास हुने

प्रधानमन्त्री ओलीले संसदमा आज जवाफ दिने, नीति तथा कार्यक्रम आजै पास हुने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ०७६÷७७ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरु जवाफ दिने भएका छन ।

laxmi

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रम ओलीले आज जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिए लगत्तै प्रधानमन्त्री ओलीले जवाफ दिने संसदको कार्यसूची तय भएको छ ।

प्रम ओलीले जवाफ दिए पछि संसदमा आजै नीति तथा कार्यक्रम पास हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL