Logo

नीति तथा कार्यक्रममाथिको छलफल आजबाट, ६ ओटा संशोधन दर्ता

नीति तथा कार्यक्रममाथिको छलफल आजबाट, ६ ओटा संशोधन दर्ता



काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा छलफल सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको आज बस्ने बैठकमा छलफल हुने कार्यसुची रहेको छ ।

नीति तथा कार्यक्रममाथि तीन दिनसम्म संसदमा छलफलका लागि समय दिइएको संसद सचिवालयले जानकारी दिएको छ । २४ गते मंगलबार प्रधानमन्त्री केपी ओलीले सांसदका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई पारित गर्ने प्रक्रियामा लगिने सचिवालय स्रोतको भनाई छ ।

बैठकमा विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नयाँ शक्ति नेपालका डा.बाबुराम भट्टराईसहितले बोल्ने कार्यज्ञक्रम रहेको छ । नीति तथा कार्यक्रममाथि छ वटा संशोधन दर्ता भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL