Logo

नयाँ शक्ति र फोरमबीच एकता गर्ने सहमति, सोमबार समाजवादी पार्टी नेपाल घोषणा

नयाँ शक्ति र फोरमबीच एकता गर्ने सहमति, सोमबार समाजवादी पार्टी नेपाल घोषणा



काठमाडौं । नयाँ शक्ति संघीय समाजवादी फोरम नेपाल पार्टीबीच एकता गर्ने सहमति भएको छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच शनिबार एकता गर्ने सहमति भएको छ ।

नयाँ शक्तिको पार्टी कार्यालय काठमाडौंमा बसेको दुई पार्टीको छलफलले सोमबार एकताको घोषणा गर्ने गरी सहमति भएको विज्ञप्तीमा उल्लेख छ ।

लामो समयको छलफल पछि सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहमा समाजवादी पार्टी नेपालको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

अब बन्ने नयाँ पार्टीमा भट्टराई र यादव दुवै अध्यक्ष हुनेछन । संघीय परिषदको अध्यक्षता भट्टराईले गर्ने र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL