Logo

खुलामञ्चका पसलमा डोजर परिचालन, यसरी भत्काईए सटर,(फोटो फिचर)

खुलामञ्चका पसलमा डोजर परिचालन, यसरी भत्काईए सटर,(फोटो फिचर)



काठमाडौं । खुल्ला मञ्चमा निर्माण गरिएका सटरहरुमा काठमाडौं महानगरपालिकाले डोजर परिचालन गरेको छ । कामपाले खुलामञ्चमा बनाईएका अनधिकृत सटरहरुको बारेमा चौतर्फी विरोध भएपछि डोजर परिचालन गरेर भत्काईएको जानकारी दिएको छ ।
कामपाका मेयर विद्या सुन्दर शाक्यको निर्देशनपछि महानगरका प्रहरी प्रमुख धनपति सापकोटा नेतृत्वको टोलीले डोजरमार्फत सटर भत्काएको छ ।

laxmi

टोलीले खुल्लामञ्चमा निर्माण गरिएका ५१ वटा सटरहरु भत्काएको छ । मेयर शाक्यको निर्देशनसँगै नगरप्रहरी, नेपाल प्रहरी र डोजर लिएर सटर भत्काएको कार्यान्वयन प्रहरी प्रमुख सापकोटाले जानकारी दिए ।

काठमाडौं टावरको निर्माण गरिहेको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीका मालिक मनोज भेटवालले नक्कली सम्झौता पत्र बनाएर खुल्ला मञ्चमा ५१ वटा सटरहरु अनधिकृत रुपमा निर्माण गरि बेचेका थिए । सो कार्यको विरोध चौतर्फी भएपछि महानगरले नै यस्तो कदम चालेको प्रमख सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL