Logo

कामपाले गर्याे संस्थागत बिद्यालयमा बढाइएको शुल्क खारेज, पुरानै शुल्कमा अध्यापन

कामपाले गर्याे संस्थागत बिद्यालयमा बढाइएको शुल्क खारेज, पुरानै शुल्कमा अध्यापन



काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यायलयमा तोकिएको शुल्क खारेजी गरेको छ । कामपा प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले यस अघि (२०७५ फागुन २६ गते) ‘बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ले वृद्धि गरेको शुल्क खारेज गरेको हो ।

काठमाडौं महानगरले बिद्यालय शिक्षा व्यवस्थापनका लागि जारी गरेको ‘शिक्षा ऐन — २०७५’ र ‘बिद्यालय शिक्षा व्यबस्थापन नियमावली — २०७४’ बमोजिम शुल्क निर्धारण गर्ने अधिकार नगर कार्यपालिकामा मात्र छ । अहिलेसम्म नगर कार्यपालिकामा संस्थागत बिद्यालयको शुल्क निर्धारण तथा पुनरावलोकनका लागि कुनै पनि प्रस्ताव नआएको कामपाले जानकारी दिएको छ ।

शुल्क खारेजीको निर्णयका बिषयमा जानकारी दिँदै मेयर शाक्यले संस्थागत बिद्यालयले शैक्षिक सत्र २०७५ मा लिइएको शुल्क मात्र लिन पाउने बताएका छन । ‘संस्थागत बिद्यालयको शुल्कको बैज्ञानिकताका बिषयमा अध्ययन गरेर मात्र हामी निर्णय लिन्छौं,’ उनले भने ।

‘बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ले कार्यपालिकालाई छलेर निर्णय गरेको हुनाले यसप्रकारका निर्णय खारेजी हुनुको बिकल्प नभएको महानगरको सामाजिक बिकास समितिका संयोजक मुकुन्द रिजालको बताए । उनले उक्त समिति (बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति) ले शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम शुल्क १ हजार ६ सय ३० कायम गरेकोमा उक्त शुल्क खारेजी गरिएको जानकारी दिएका छन ।

गएको २ बर्षअघि यस बर्गका बिद्यालयको शुल्क १ हजार १ सय ८१ रुपैयाँ थियो । त्यस्तै ‘ग’ बर्गका बिद्यालयको २ हजार २४, रुपैयाँ ‘ख’ बर्गका बिद्यालयको २ हजार ४ सय १८ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको २ हजार ८ सय १२ रुपैयाँ तोकिएको थियो ।

शैक्षिक सत्र २०७५ मा यस बर्गका बिद्यालयका लागि अधिकतम शुल्क क्रमशः १ हजार ५ सय ७५, १ हजार ९ सय ६९ र २ हजार ३ सय ६३ रुपैयाँ कायम थियो । आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ बर्गका बिद्यालयको अधिकतम् शुल्क १ हजार ९ सय १ रुपैयाँ, ‘ग’ बर्गका बिद्यालयको २ हजार ३ सय ५१ रुपैयाँ, ‘ख’ बर्गका बिद्यालयको २ हजार ८ सय १ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको ३ हजार २ सय ५१ रुपैयाँ तोकिएको थियो ।

यस अघि यी बर्गका बिद्यालयको अधिकतम् शुल्क १ हजार ३ सय ५०; १ हजार ८ सय, २ हजार २ सय ५० र २ हजार ७ सय रुपैयाँ थियो । माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम् शुल्क २ हजार ५ सय ३७ रुपैयाँ तोकेको थियो । गएको बर्ष यी बर्गका बिद्यालयको अधिकतम् शुल्क १ हजार ८ हजार ३८ रुपैयाँ थियो ।

त्यस्तै शैक्षिक सत्र २०७६ का लागि ‘ग’ बर्गका लागि ३ जार १ सय ४९ रुपैयाँ, ‘ख’ बर्गका लागि ३ हजार ७ सय ६२ रुपैयाँ र क बर्गका लागि ४ हजार ३ सय ७३ रुपैयाँ अधिकतम् शुल्क तोकिएको थियो । यी बर्गका बिद्यालयमा गएको बर्षको अधिकतम् शुल्क क्रमशः २ हजार ४ सय ५०; ३ हजार ६३ र ३ हजार ६ सय ७५ रुपैयाँ थियो ।

यो शुल्क सम्बन्धि व्यवस्था साबिक जिल्ला शिक्षा कार्यालय हुँदै महानगरमा आएको हो । अहिलेसम्म महानगर नगर कार्यपालिकाले संस्थागत बिद्यालयको शुल्कका सम्बन्धमा कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL