Logo

आगामी बजेटका लागि तात्यो कामपा, महानगरबासीलाई विकास योजना माग गर्न आह्वान

आगामी बजेटका लागि तात्यो कामपा, महानगरबासीलाई विकास योजना माग गर्न आह्वान



काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना स्थानीय हरेकलाई बैशाख १२ गतेसम्म बिकास योजना माग गर्ने समय दिइएको छ । आर्थिक बर्ष २०७६÷०७७ का लागि तयार गरिने बार्षिक बजेट, नीति तथा कार्यक्रममा सबै नागरिकको भावना समेट्न नागरिकसँग बिकास योजना माग गरिएको हो ।
यसका लागि बिकास माग गर्ने व्यक्तिले बिकासबाट लाभ प्राप्त गर्ने बर्ग तथा समुदायसँग छलफल गर्नुपर्नेछ । ‘माग गरिएको योजनाबाट धेरैलाई लाभ पु¥याउन आपसी अन्तरक्रिया, छलफल र बिचार बिमर्श गरेर बैशाख १२ गतेसम्ममा वडा समितिको योजना बुझाउनुहोस्’, टोलस्तरीय योजना माग गर्न महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

स्थानीयबासीबाट आएका योजना वडा समितिमा पेश हुनेछन । पेश भएका योजनाको प्राथमिकीकरण गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । टोलबासीबाट प्राप्त भएका योजनामा वडाले देखेका योजना थप हुनेछन् ।

यसरी संकलन भएका योजनालाई वडा समितिले आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण, बिपद् व्यवस्थापन, शुशासन र संस्थागत बिकास जस्ता क्षेत्रमा बर्गीकरण गर्नेछ । त्यसपछि योजनाको क्रमागत सूची महानगरमा पठाइनेछ । समितिलाई योजना पठाउन बैशाख १५ गतेको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL