Logo

लुक्ला विमान दुर्घटना प्रकरण : छानबिन गर्न समिति गठन

लुक्ला विमान दुर्घटना प्रकरण : छानबिन गर्न समिति गठन



काठमाडौं । आईतबार विहान भएको समिट एयरको विमान दुर्घटनाको छानविन गर्न सरकारले समिति गठन गरेको छ ।

laxmi

३ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको सत्य तथ्य छानविन गर्न सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा समिति गठन गरेको हो ।

सो समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनियर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल रहेका छन भने समितिको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन ।

समिट एयरको विमान आईतबार विहान लुक्ला विमानस्थलबाट रामेछाप उडान गर्न लाग्दा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

लुक्लाबाट रामेछाप उड्ने क्रममा रहेको ‘नाइन एन एएमएच’ कलसाइन विमान धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएको श्री एयर र मनाङ एयरको ‘नाइनएन एएलसी’ कल साइन हेलिकप्टरसँग ठोकिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी समिट एयरका सहायक पाइलट सुजित ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL