Logo

सिंगापुरलाई नेपालले दियो २८३ रनको लक्ष्य, कप्तान रोहितले बनाए ९५ रन

सिंगापुरलाई नेपालले दियो २८३ रनको लक्ष्य, कप्तान रोहितले बनाए ९५ रन



काठमाडौं । सिंगापुर सामु नेपालले २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा जारी यु–१९ एसिया छनौटको पहिलो खेलमा नेपालले सिंगापुर बिरुद्ध २ सय ८२ रन बनाएको हो ।

दक्षिण अफ्रिकामा अर्कोवर्ष हुने यु–१९ विश्वकपका लागि मलेसियामा एसिया छनौटको खेल भइरहेको छ । उक्त खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन बनाएका थिए । उनी शतक हान्नबाट ५ रनले चुके ।

यसैगरी रसिद खान ४८ रन, पवन सराफ ४७, कलल सिंहले ३१ रन र भीम सार्कीले २६ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL