Logo

प्रधानमन्त्री ओली बारा प्रस्थान, सबै कार्यक्रम स्थगित

प्रधानमन्त्री ओली बारा प्रस्थान, सबै कार्यक्रम स्थगित



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गर्दै बारा प्रस्थान गरेका छन । आईतबार विभिन्न कार्यक्रमहरुमा सहभागी हुन गृह जिल्ला झापा पुगेका प्रम ओली आईतबार साँझको हावाहुरीले प्रभावित बारा प्रस्थान गरेका हुन ।

laxmi

आईतबारको आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको छ । सोही सुचना पाएलगत्तै प्रम ओलीले आफ्ना पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरेका छन । उनी हालै चन्द्रगढी विमानस्थलबाट हेलीकप्टरमार्फत बारा गएका छन ।

बारा र पर्सामा आईतबारको आँधी तथा हुरीका कारण ३१ जनाको ज्यान गएको छ भने ६ सय भन्दा बढी मानीहरु घाईते भएका छन । गृहमन्त्रालयको टोली उद्धारमा खटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL