Logo

लगानी सम्मेलनका लागि खटिए ७९० ट्राफिक प्रहरी, ६१९ भिआईपी सहभागी

लगानी सम्मेलनका लागि खटिए ७९० ट्राफिक प्रहरी, ६१९ भिआईपी सहभागी



काठमाडौं । शुक्रबार र शनिबार हुने लगानी सम्मेलनमा भिआईपी सहभागीको सवारी व्यबस्थापन गर्नका लागि ७ सय ९० जना ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।

laxmi

सम्मेलनमा सहभागी हुने विभिन्न देशका ६ सय १९ जना भिआईपीका लागि सवारीमा कुनै किसिमको वाधा नआओस भन्नका लािग उक्त जनशक्ती खटाईएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार सम्मेलनकै लागि भनेर १ जना प्रहरी बरिष्ठ उपरिक्षक, १ जना प्रहरी उपरिक्षक, ४ जना प्रहरी नायब उपरिक्षक, २२ जना प्रहरी निरिक्षक पनि उक्त सवारीमा खटिने भएका हुन ।

लगानी सम्मेलनमा भाग लिनका लागि विभिन्न ३० देशबाट लगानीकर्ता तथा प्रतिनिधि आउने क्रममा छन ।

प्रतिक्रिया दिनुहोस्
MBL