Logo

पानी जहाज कार्यालयको रजिष्ट्रारमा कोइराला, जुट उद्योगलाई विद्युत महशुलमा छुट

पानी जहाज कार्यालयको रजिष्ट्रारमा कोइराला, जुट उद्योगलाई विद्युत महशुलमा छुट



काठमाडौं । सरकारले पानी जहाज कार्यालयको रजिष्ट्रारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ ।

सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदकोे पछिल्लो निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहेको पानी जहाज कम्पनीको लागि मन्त्रिपरिषदले माघ ३ गते पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयसँगै फागुन १४ गते प्रधानमन्त्री केपीशर्मा ओलीले एकान्तकुनामा रहेको पानी जहाज कार्यालयको उद्घाटन गरेका थिए ।

यस्तै सरकारले जुट निकासको परिमाण र विद्युतीय खर्चलाई आधार मानेर जुट उद्योगलाई विद्युत महशुलमा छुट दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL