Logo

विप्लवलाई एक महिना भित्रै नियन्त्रणमा लिन्छौं : प्रम ओली

विप्लवलाई एक महिना भित्रै नियन्त्रणमा लिन्छौं : प्रम ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैतभित्र नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्ने बताएका छन । प्रम ओलीले सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

‘एक महिनाभित्र विप्लव सहित उसका सबै गतिविधि नियन्त्रणमा लिइसक्छ’, प्रम ओलीले भने, ‘राम्रो बाटो आए ठिकै छ, नभए जेलको बाटो गरी मूलधारमा आउँछ, त्यो पनि चैत महिनाभित्रै ।’ सरकारले फागुन २८ गते विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाए पछि आईतबार बसेको बैठकमा विप्लवलाई हतियार बुझाउन आग्रह गरेका थिए ।

संसदीय दलको बैठकमा बोल्दै ओलीले लगानी सम्मेलनको तयारी उत्साहजनक रहेको बताउँदै सरकारले राम्रो काम गर्द समेत भ्रम पैदा गर्ने काम भएकाले सांसदहरुलाई गाउँमा गएर भ्रम चिर्न निर्देशन दिए । उनले केन्द्रीय सरकार बजेट निर्माणमा अगाडि बढेको उल्लेख गर्दै बजेटमा राख्नै पर्ने विषयहरु टिपेर ल्याउन समेत सांसदहरुलाई निर्देशन दिएका छन ।

एक महिनाभित्र बजेट अधिवेशन सुरू हुने भन्दै ओलीले आगामी बजेटमा राम्रा कुरा के राख्ने गाउँ पुगेर टिपेर ल्याउन सांसदलाई निर्देशन दिएको हो । हिउँदे अधिवेशन सकेर निर्वाचन क्षेत्र फर्किन लागेका सांसदहरूलाई निर्देशन र सुझाव दिन आज संसदीय दलको बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL