Logo

३२ किलो सुनकाण्डमा ५ जना विरुद्ध मुद्दा दायर, १७ करोड विगो दावी

३२ किलो सुनकाण्डमा ५ जना विरुद्ध मुद्दा दायर, १७ करोड विगो दावी



काठमाडौं । राजस्व अनुसन्धान विभागले ३२ किलो सुन काण्डमा ५ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

कञ्चनपुर प्रहरीले केही समय अघि स्थानीय शंकर विकको घरबाट ३२ किलो सुन बरामद गरेको थियो । विभागले अनुसन्धान गरी भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त तस्करीमा संलग्न प्रतिबादीहरु लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, शंकर विक र इन्दिरा विक विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध प्रहरीले ३२ किलो सुनको हालको मूल्य अनुसार १६ करोड ९२ लाख ८० हजार रुपैयाँ विगो दावी समेत गरेको छ ।

साथै राजस्व चुहावट अन्तर्गत ३ बर्ष जेल सजाय र जनही ३३ करोड ८५ लाख ६० हजार जरिवाना माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL