Logo

अर्थशास्त्री प्राडा. मदन दाहालको निधन, आजै पशुपति आर्यघाटमा दाहसंस्कार

अर्थशास्त्री प्राडा. मदन दाहालको निधन, आजै पशुपति आर्यघाटमा दाहसंस्कार



काठमाडौं । अर्थशास्त्री प्राडा. मदनकुमार दाहालको निधन भएको छ । प्राडा. दाहालको उपचारको क्रममा बिहीबार राती निधन भएको हो ।

उनको उपचारको क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । लामो समयदेखि ब्रोनकाइटिसका बिरामी दाहललाई पछिल्लो समय जण्डिस भएको छ । उपचारका लागि ९ दिनदेखि केएमसी अस्पतामा भर्ना भएका दाहालको गए राती निधन भएको डा. डिल्लीराज खनालले जानकारी दिए ।

प्राडा. दाहाल लामो समयसम्म त्रिभुवन विश्वविद्यालय अन्तरगत अर्थशास्त्र विभाग प्रमुख भएर प्राध्यापक पेशामा संलग्न थिए । साथै उनी २०५१ सालमा कर आयोगका अध्यक्ष समेत भएका थिए भने मेगा बैंकको २ कार्यकालसम्म अध्यक्ष भएर सम्हालेका थिए ।


स्वर्गीय दाहालको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने समेत खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL