Logo

भियतनामका राजदूत चाउले भेटे राष्ट्रपति र प्रधानमन्त्री, भियतनामी जनतालाई लुम्बिनीमा आकर्षित गर्न आग्रह

भियतनामका राजदूत चाउले भेटे राष्ट्रपति र प्रधानमन्त्री, भियतनामी जनतालाई लुम्बिनीमा आकर्षित गर्न आग्रह



काठमाडौं । नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका राजदूत फाम सान चाउले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई छुट्टाछुटै भेट गरेका छन् ।

laxmi


नेपालका लागि भियतनामी राजदूत चाउले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गरे थिए भने प्रधानमन्त्री ओलीलाई भेट गरी दुई देशबीच आपसी सहयोगका विषयमा छलफल गरेका थिए ।


छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफु भियतनामी नेता होचिमिन्हबाट ज्यादै प्रभावित भएको तथा उनको बारेमा धेरै पुस्तकहरु अध्यय्न गरेको भन्दै त्यसबाट धेरै कुरा सिक्न सकिने बताए । दुई देशबीच विविध क्षेत्रमा समानता रहेको तथा विद्यमान सुमधुर सम्बन्धलाई थप उचाइमा पुर्याउन उनले आग्रह गरेका थिए ।


भेटघाटका क्रममा राजदूत चाउले दुई देशबीइच धेरै कुरामा समानता रहेको बताउँदै भियतनामी जनताहरु बुद्धको जन्मभुमी लुम्विनी भ्रमणका लागि लालायित रहेको बताए । भियतनामले छोटो समयमा नै मुलुकको आर्थिक स्थित, व्यापार प्रवद्र्धन, पर्यटन, कृषि, सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेको जानकारी दिँदै साही अनुरुप भियतनाम तथा नेपालले प्राप्त गरेका सफलता तथा अनुभवहरु आपसि हितमा प्रयोग गर्न सकिने बताए ।


कार्यक्रममा नेपालका लागि भियतनामका अवैनतिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठको पनि उपस्थिति रहेको थियो । साथै राजदूत चाउले सभामुख कृष्णबहादुर महरालाई पनि भेट गरी आपसी हित तथा अनुभव आदान प्रदान गरी दुई देशबीचकाृ सम्बन्ध अझ मजबुत बनाउने विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL