Logo

होलीमा ईच्छाचविपरित रंग दलेमा मुद्दा चलाईने, सुरक्षाका लागि १७ सय सुरक्षाकर्मी परिचालन

होलीमा ईच्छाचविपरित रंग दलेमा मुद्दा चलाईने, सुरक्षाका लागि १७ सय सुरक्षाकर्मी परिचालन



काठमाडौं । यसपालीको होलीमा कसैले कसैलाई ईच्छाविपरित रंग दलेमा वा लोला हानेमा मुद्दा चलाईने भएको छ ।

काठमाडौं प्रहरी परिषरले होली पर्बमा ईच्छाविपरित लोला हान्ने वा रंग दल्ने गरिएमा मुद्दा चलाउने निर्णय गरेको हो ।

यस्तै अभद्र तरिकाले कसैले होली खेलेको पाईएमा पनि तत्काल पक्राउ गरेर हिरासतमा लिईने काठमाडौं प्रहरी परिषरले जानकारी दिएको छ ।

परिषरका अनुसार होलीको दिनका लागि भनेर १ हजार ७ सय ११ जना प्रहरी अधिकारी पनि फिल्डमा खटिने भएका छन ।

परिषरले कोही कसैले आफ्नो ईच्छा विपरित रंग दलेमा या लोला हानेमा प्रहरी कन्ट्रोल रुमको फोन नं १०० मा डायल गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL