Logo

सिके राउतको पार्टीको नाम जनमत पार्टी, चुनावचिन्ह अष्टदल

सिके राउतको पार्टीको नाम जनमत पार्टी, चुनावचिन्ह अष्टदल



काठमाडौं । सिके राउतको ‘स्वतन्त्र मधेस गठबन्धन’ पार्टीको नाम फेरिएको छ । सिके राउतको नेतृत्वमा सोमबार सिरहामा बसेको बैठकले पार्टीको नाम परिवर्तन गर्दै ‘जनमत पार्टी’ राखेको हो ।

सिरहाको लहानमा २ दिनसम्म चलेको केन्द्रिय परिषदको बैठकले नयाँ पार्टी घोषणा गरेको हो । पार्टीको केन्द्रिय भेलाले ३५ सदस्सीय केन्द्रिय कार्यकारिणी सदस्य समेत चयन गरेको छ ।

पार्टीले आफ्नो झण्डा, चुनावचिन्ह तथा विभिन्न चिन्हहरु सार्वजनिक गरेको छ । जनमत पार्टीको चुनाव चिन्ह भने अष्टदल रहने भेलाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL