Logo

नयाँ मुलुकी ऐनको असर : सम्बन्धविच्छेद गर्ने पुरुषको संख्या बढे

नयाँ मुलुकी ऐनको असर : सम्बन्धविच्छेद गर्ने पुरुषको संख्या बढे



दैलेख । नयाँ मुलुकी संहिता जारी भएसँगै सम्बन्धविच्छेदका घटना बढेको छ । यस अघि महिलाले मात्र सम्बन्ध विच्छेदका लागि अलादमा निवेदन दिन सक्नेमा नयाँ मुलुकी ऐन आएसँगै पुरुषले सम्बन्धविच्छेदका लागि आवेदन दिने क्रम बढेको हो ।


हाल दैलेख जिल्ला अदालतमा दर्ता भएका मध्ये ३९ प्रतिशत सम्बन्धविच्छेदका रहेको अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए । चालू आर्थिक बर्षको ८ महिनामा जिल्लामा कुल २ सय २९ मुद्दा दर्ता भएका छन् ।


अदालतमा गत वर्ष जिम्मेवारी सरेर आएका र चालू आवको हालसम्म गरी १ सय ११ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन । नयाँ संहिताअनुसार पुरुषबाट दर्ता हुन आएका सम्बन्धविच्छेदका मुद्दा ३९ वटा छन । महिलाबाट आएको मुद्दा ७२ वटा छन । तीमध्ये महिलाका ४३ र पुरुषका ११ वटा मुद्दा फछ्र्योट भइसकेको छ ।


‘पुरानो मुलकी ऐनलाई विस्थापित गर्दै आएको नयाँ कानूनले पुरुषलाई महिलासरह सम्बन्धविच्छेदको अधिकार दिएको छ,’ जिल्ला न्यायाधीश सनतचन्द्र लवटले भने, ‘यसअघि महिलाले चाहेमा मात्रै सम्बन्धविच्छेद गर्न पाउने कानूनी प्रावधान थियो, संहिताले महिला र पुरुषलाई बराबरी अधिकार दिएपछि भने सम्बन्धविच्छेद गर्ने पुरुषको समेत निवेदन आइरहेको छ ।’
केही घटनामा ‘मेरो जीवन मेरो अधिकार’ भन्दै स्वतन्त्र भएर बाँच्न चाहने पुरुष तथा श्रीमानले खान लाउन नदिने, हेरचाह नगर्ने, पारिवारिक बहिष्कारका कारण महिलाले पनि सम्बन्धविच्छेद गर्ने गरेको उनले जानकारी दिए /रासस

प्रतिक्रिया दिनुहोस्
MBL