Logo

व्यवसायिक प्रतिनिधिमण्डल र नेकपा अध्यक्ष दाहालबीच भेट, प्राथमिकतामा व्यवसायिक सुरक्षा

व्यवसायिक प्रतिनिधिमण्डल र नेकपा अध्यक्ष दाहालबीच भेट, प्राथमिकतामा व्यवसायिक सुरक्षा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको व्यवसायिक प्रतिनिधिमण्डलले नेपका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालसँग भोट गर्दै देशमा व्यवसायीक वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।


लगानी सम्मेलन नजिकिँदै गरेको अवस्थामा देशमा घटिरहेका विभिन्न किसिमका घटनाहरूले व्यावसायीहरू त्रसित भइरहेको समेत गोल्छाले जानकारी गराएका थिए ।


सो भेटमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको निवासमा केही दिन अघि भएको विस्फोट र तत्पश्चात उत्पन्न व्यवसायिक सुरक्षाका विषयमा ध्यानाकर्षण गरिएको थियो । महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षा लगायत विभिन्न कारणले वैदेशिक रोजगार व्यवसाय संचालन गर्न कठिनाई परेको जानकारी गराएका थिए ।


भेटका क्रममा संघका अध्यक्ष गुरूङले पछिल्लो समय वैदैशिक रोजगार व्यवसायी माथी भइरहेको घटनाबारे विस्तृत जानकारी गराउँदै व्यवसाय संचालनमा समस्या भैरहेको बताए । भेटका अवसरमा प्रतिनिधिमण्डलका सदस्यहरूबाट व्यवसाय सुरक्षाको प्रत्याभुति हुनुपर्ने, व्यवसाय गर्न वातावरण सुधार गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।


भेटका क्रममा नेकपाका अध्यक्ष दाहालले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट समेत समस्याको विषयमा संबोधन गर्ने प्रयास भैरहेको जानकारी गराएका थिए । सरकार व्यवसाय र व्यवसायीहरूको व्यवसायिक सुरक्षाको निमित्त सरकार सदैव संवेदनशील रहेको बताउँदै व्यवसायीहरूको नोक्सानीको क्षतिपूर्ति दिलाउनका लागि पनि सरकारसँग छलफल गर्ने आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL