Logo

प्रधानमन्त्रीले भने, मन्त्रिमण्डल पुनर्गठन हुँदैन अब पुर्णता दिईन्छ

प्रधानमन्त्रीले भने, मन्त्रिमण्डल पुनर्गठन हुँदैन अब पुर्णता दिईन्छ



विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् ।

laxmi

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै उनले रिक्त रहेका मन्त्रालयमा पुनर्गठन नभई पुर्णता प्रदान गरिने बताएका हुन् ।

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले तत्कालै मन्त्रिमण्डल पुनर्गठन हुने बताईरहँदा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भने कुनै पनि हालतमा मन्त्रिमण्डल पुनर्गठन नहुने बताएका हुन् ।

यस अघि अर्थमन्त्री हटाउन, सूचना तथा संचार प्रविधि मन्त्रीलाई मन्त्रालय परिवर्तन, स्वास्थ्य मन्त्रीको मन्त्रालय परिवर्तनजस्ता विषयमा बहश चलेको थियो । तर, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको उक्त भनाईले तत्काल मन्त्रालय पुनर्गठन नहुने देखिएको छ ।

यस अघि हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको निधन भएसँगै उक्त मन्त्रालय खाली छ । सो मन्त्रालयमा पनि उपयुक्त समयमा मन्त्री नियुक्त गरी मन्त्रिमण्डललाई पूर्णता दिईने उनले जानकारी दिएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL