Logo

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन । बुधबार आफ्नो नियमित चेकजाँचका लागि अस्पताल गएका प्रम ओली डाक्टरको सल्लाह अनुसार काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएका हुन ।

उनलाई २४ घण्टाका लागि अस्पतालमै राखिने अस्पताल स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान समय नमिलेकाले उनलाई त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य जाँच गर्न लागिएको हो ।

उनलाई उनका निजी चिकित्सक डा. दिब्या सिंहसहितको टोलीले चेकजाँच गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL