Logo

ब्लूबुक र ग्रीन स्टिकर छपाईको जिम्मा निलकण्ठलाई, आगामी हप्ता सम्झौता हुँदै

ब्लूबुक र ग्रीन स्टिकर छपाईको जिम्मा निलकण्ठलाई, आगामी हप्ता सम्झौता हुँदै



काठमाडौं । यातायात ब्यवस्था विभागले निजी कम्पनीलाई ईबिल, ब्लूबुक र सवारी प्रदूषण स्टिकर (ग्रीन स्टिकर) छाप्ने जिम्मा दिने भएको छ । विभागले अपुग भएका ईबिल, सवारी दर्ता प्रमाणपत्र ‘ब्लुबुक’ र प्रदुषण स्टिकर छपाईका लागि न्यू निलकण्ठ अफसेट प्रेस जेभीलाई छपाईको जिम्मा दिने भएको हो ।

विभागले यसअघि पुस ३० गते सुचना जारी गर्दै उक्त कार्यका लागि आशयपत्र माग गरेको थियो । सुचनाका आधारमा एउटा कम्पनीले मात्रै आशयपत्र बुझाएको तथा सो कम्पनीको कागजातहरु नपुगेकाले आशयपत्रका लागि पुनः १५ दिने म्याद थप गरेको थियो ।

१५ दिने म्यादमा २ कम्पनीले आशयपत्र बुझाएका मध्ये न्यु निलकण्ठ अफसेट प्रेस जेभीले उक्त टेण्डर हात पारेको हो । विभागले कम्पनीसँग अबको १÷२ हप्ताभित्रै सम्झौता गर्ने विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

कम्पनीले विभागका लागि ब्लूबुक, ईबिल तथा स्टिकर करिव ३ करोडमा छापिदिने भएको छ । कम्पनीले मूल्य अभिवृद्धि कर लगायत २ करोड ९५ लाख ४७ हजार २ सय ४० रुपैयाँमा उक्त सामाग्री छाप्नुका साथै विभागलाई उपलब्ध गराउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL