Logo

गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोष मार्फत लगानी गर्न अर्थ मन्त्री खतिवडाको आग्रह

गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोष मार्फत लगानी गर्न अर्थ मन्त्री खतिवडाको आग्रह



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोष मार्फत नेपालमा लगानी गर्न आग्रह गरेका छन ।

मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघ बेलायत (युके) ले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै सामूहिक लगानी कोष मार्फत लगानी गर्न आग्रह गरेका हुन ।

नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तरराष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान सबैलाई आग्रह गर्दै उनले विमानस्थलमा भन्सार जाँचपास सहजीकरण भएको बताएका छन । ठुलो मुलुकमा चेकजाँच हुदाँ सामान्य मानिने भएपनि हामी कहाँ त्यही चेकजाँचको विषयलाई ठुलो बनाइएको उनको भनाई रहेको छ ।

करका दरहरु बढेका नभई सुधार गरिएको मन्त्री खतिवडाको भनाई रहेको छ । इतिहासमै पहिलो पटक यति धेरै आर्थिकबृद्धि हुने भन्दै उनले जसलाई अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमअफ) को प्रतिवेदनले पनि देखाइसकेकाले वर्तमान सरकार ७ प्रतिशतभन्दा बढि आर्थिकबृद्धि हुने उच्च लक्ष्यमा अघि बढेको बताए ।

मुल्यबृद्धि ४ प्रतिशतको वरिपरि मात्र रहेको भन्दै मन्त्री खतिवडाले आर्थिकबृद्धि समग्रमा वैदेशिक व्यापार बाहेक सरकारको वित्त स्थिति राम्रो भएको गैरवासीय नेपालीलाई अर्थमन्त्री खतिवडाले प्रस्ट पारेका छन ।

वैदेशिक व्यापार समस्या अहिले सिर्जना भएको नभई विगतको संरचनागत समस्या समेत भएको उनको दाबी थियो । विकासका पूर्वाधार निर्माण, कृषि तथा औद्योगिक क्षेत्रको विकासको प्रभावले वैदेशिक व्यापारको समस्या र उत्पादनको संरचना परिवर्तन गर्दा व्यापार घाटा देखा परेको उनले जानकारी दिएका छन ।

२९ र ३० मार्च २०१९ मा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लन्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार लन्डन पुगेका हुन ।

बेलायतस्थित नेपाली राजदुतावासद्वारा आयोजना हुने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा अर्थमन्त्री खतिवडाले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL