Logo

देशबासीको नाममा प्रधानमन्त्री ओलीको सम्बोधन, यस्ता छन् १ बर्षको उपलब्धी

देशबासीको नाममा प्रधानमन्त्री ओलीको सम्बोधन, यस्ता छन् १ बर्षको उपलब्धी



काठमाडौं । सरकार गठन भएको १ बर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षको अवधिमा मुलुकमा लगानी विस्तार भएको बताएका छन् । देशबासीको नाममा सम्बोधन गर्दै यो एक वर्षमा स्वदेश तथा विदेशी लगानीमा ९ सय १५ उद्योग दर्ता भएको जानकारी दिए ।

स्वदेशी लगानीमा ४ सय ९९ उद्योग दर्ता भई १ खर्ब ९८ अर्ब लगानी प्रस्ताव भएको छ भने विदेशी लगानीमा ४ सय १६ उद्योग स्थापना हुने तयारीमा रहेको प्रम ओलीले बताएका छन ।

पछिल्लो समय आर्थिक वृद्धिमा सुधार भएकाले आन्तरिक रुपमा रोजगारी सिर्जना भएको समेत उनको दावी छ । उनले समग्रमा देशको आर्थिक गतिविधि राम्रो भएको समेत बताएका छन ।

एक वर्षमा औद्योगिक क्षेत्र विस्तार भएको, कम्पनी दर्ता २६.७ प्रतिशतले बढेको, बैंकको लगानी २० प्रतिशत बढेको, पर्यटक आगमन ३२.८ प्रतिशत बढेको उनले जानकारी दिए । यस्तै विदेशी विनिमय सञ्चिती सहज अवस्थामा रहेको, २ हजार हेक्टरमा थप सिंचाइ भएको, धानको उत्पादन ८.९ प्रतिशत, मकैको उत्पादन ३.५ तरकारी १६.५ प्रतिशतले बढेको उनले जानकारी दिएका छन ।

प्रधानमन्त्री ओलीले रेल, सडक लगायतका क्षेत्रमा उल्लेख्य प्रगति भएको बताएका छन । भारत तथा आफ्नो चीन भ्रमणमा सो सम्बन्धी १४ वटा सम्झौता भएको बताएका छन । जसले गर्दा थप सहयोग समेत प्राप्त भएको छ उनले भने ।

आफ्नो विभिन्न भ्रमणबाट विदेशी मुलुकहरुसँगको सम्बन्ध सुधार भएको र सार्क मुलुक लगायतका अन्य राष्ट्रको प्रमुखहरुले समेत नेपाल भ्रमण गरि नेपालले आफ्नो बारेमा दुनियाँलाई प्रष्ट पारेको बताएका छन ।

उनले आफनो सम्बोधन मार्फत खाध्यन्न संकट क्षेत्र भनेर चिनिने हुम्ला र डोल्पामा समेत यस वर्ष खाध्यन्न संकट हुन नदिएको बताए । त्यस्तै वैदेशिक रोजगारीमा जाने कामदारका लागि सबै प्रदेशमार्फत श्रम स्वीकृतिको ब्यास्था गरेको समेत उनले जानकारी दिए ।

‘बन्द हट्तालको स्थिती बन्द भएको छ, काम गर्न खोज्नेलाई सहुलियत दरको ऋण उपलब्ध गराएको छ,’ उनले आफ्नो सम्बोधनमार्फत भने, ‘यस वर्ष मात्रै ३ सय भन्दा माथी खानेपानी आयोजनाको काम सुरु भएको छ ।’ त्यस्तै मेलम्ची खानेपानी आयोजनाको कामलाई सकेसम्म छिट्टो सम्पन्न गर्ने गरि काम अगाडी बढाएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL