Logo

पहिलो पटक पानी जहाज कार्यालयको स्थापना, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

पहिलो पटक पानी जहाज कार्यालयको स्थापना, प्रधानमन्त्री ओलीले गरे उद्घाटन



काठमाडौं । नेपालमा पहिलो पटक पानी जहाज कार्यालयको स्थापना भएको छ । बिहीबार देखी प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन ।

laxmi

नेपालले नारायणी र कोशी नदीलाई केन्द्रीत गरेर जलमार्ग सञ्चालन गर्ने योजना सहित उक्त कार्यालय स्थापना गरेको हो । उक्त कार्यालय एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालय सँगै रहेको छ ।

करिब १६ जना प्राविधिक कर्मचारीको दरबन्दी रहेको पानी जहाज कार्यालय सञ्चालनमा आएपनि भारतको पटनादेखि नेपाली सीमासम्म पानी जहाज सञ्चालनका लागि बाटो खुलेको छ ।

त्यसका लागि आगामी फागुन तेस्रो साता भारतीय जल प्राधिकरणको टोली पानी जहाजको स्थलगत अवलोकन तथा अध्ययन गर्न आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL