Logo

२ करोड ५० लाख धरौटीमा छुटे निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खडका, इन्भेष्टमेन्ट बैंक बस्यो ग्यारेन्टी

२ करोड ५० लाख धरौटीमा छुटे निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खडका, इन्भेष्टमेन्ट बैंक बस्यो ग्यारेन्टी



काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का धरौटीमा रिहा भएका छन् । १८ करोड ६६ लाख रुपैयाँ भ्रष्टचारमा मुछिएका खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।

अदालतले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गरे पछि धरौटी रकमका लागि नेपाल इन्भेष्टमेन्ट बैंक ग्यारेन्टी बसेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL