Logo

फेरी पनि ठूलो दातामा विश्व बैंक, हेर्नुहोस नेपाललाई कसले कति सहयोग गरे

फेरी पनि ठूलो दातामा विश्व बैंक, हेर्नुहोस नेपाललाई कसले कति सहयोग गरे


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

नेपाललाई सहयोग ठूलो दातामा फेरी पनि विश्व बैंक नै रहेको छ । आर्थिक वर्ष २०१३÷/मा विश्व बैंक समुहले नेपाललाई सवैभन्दा बढी रकम सहयोग गरेको छ । सो अवधिमा उसले कुल २७ करोड ६७ लाख २७ हजार अमेरिकी डलर सहयोग गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

केही समय यता नेपाललाई सहयोग गर्ने दाताहरुमा विश्व बैंक समुह अग्र स्थानमा रहँदै आएको छ । सन् २०१३/ १४ मा नेपालले विभिन्न दाताहरुबाट प्राप्त १ अर्व ३ करोड ६६ लाख ४८ हजार अमेरिकी डलर परिचालन गरेको थियो । जसमा विश्व बैंक समुहको हिस्सा २७ प्रतिशतभन्दा बढी हुन आउँछ । अर्थमन्त्रालयले प्रकाशित गरेको विकास सहायता प्रतिवेदन अनुसार विगत ४ वर्ष यता विश्व बैंक समुह नै रहेको छ ।

विश्व बैंक समुहले नेपालमा हाल विभिन्न प्रकारका ४० वटा आयोजना संचालन गर्दै आएको छ । उसले नेपालका १६ वटा मन्त्रालय मार्फत सो कार्यक्रम संचालन गर्दै आएको छ । हाल विश्व बैंकले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, बैकल्पिक उर्जा, सिचाइजस्ता क्षेत्रमा लगानी गर्दै आएको छ ।

4721974-3x2-940x627

यस्तै, नेपाललाई दोस्रो बढी सहयोग गर्ने दातामा एशियाली विकास बैंक रहेको छ । उसले आव २०१३/१४ मा १५ करोड ५५ लाख ५३ हजार अमेरिकी डलर प्रदान गरेको छ । एडीवी भने पिउने पानी, ऊर्जा, संचार, हवाइ यातायात, वित्तीय सुधारजस्ता क्षेत्रमा लगानी गर्दै आएको छ ।

नेपाललाई सहयोग गर्ने दातामा संयुक्त अधिराज्य तेस्रो स्थानमा रहेको छ । सारकारले आव २०१३/१४ मा प्राप्त १५ करोड ११ लाख ३५ हजार अमेरिकी डलर परिचालन गरेको छ । संयुक्त अधिराज्य नेपाललाई सहयोग गर्ने द्धिपक्षीय साझेदारमा भने सवैभन्दा अघि रहेको छ ।

London-United-Kingdom

नेपाललाई सहयोग गर्ने दाताको चौथौं स्थानमा यूरोपियन युनियन रहेको छ भने पाँचौं स्थानमा भारत रहेको छ । यूरोपियन युनियन नेपाललाई सहयोग गर्ने बहुपक्षीय साझेदारमा तेस्रो स्थानमा रहेको छ भने भारत द्धिपक्षीय साझेदारमा दोस्रो स्थानमा रहेको छ । आव २०१३/१४ नेपाल सरकारले यूरोपियन युनियनबाट ५ करोड १६ लाख १८ हजार अमेरिकी डलर प्राप्त गरेको थियो भने भारतबाट प्राप्त ४ करोड ७७ लाख ९६ हजार अमेरिकी डलर सहयोग परिचालन गरेको थियो ।

सरकारले विकास साझेदारबाट प्राप्त कुल सहायतामध्ये ६६ प्रतिशत अनुदान, १८ प्रतिशत ऋण सहायता र १६ प्रतिशत प्राविधिक सहायताको रुपमा परिचालन गरेको छ । सो रकममध्ये ७१ प्रतिशत रकम राष्ट्रिय बजेट प्रणालीमार्फत खर्च हुँदै आएको छ भने २९ प्रतिशत रकम अझै पनि बजेट प्रणालीभन्दा बाहिरबाट खर्च भइरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

यी हुन् नेपाललाई सहयोग गर्ने दाताताहरु ः–

development-partener

प्रतिक्रिया दिनुहोस्
MBL