Logo

लामो दुरीका सवारी नियमनमा कडाई गर्दै सरकार, मोबाईल एप संचालनमा

लामो दुरीका सवारी नियमनमा कडाई गर्दै सरकार, मोबाईल एप संचालनमा



काठमाडौं । सरकारले लामो दुरीका सवारीचालकलाई नियमनमा कडाई गर्ने भएको छ । लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी लिनका लागि सरकारले एप्सको प्रयोग थालेको हो ।

laxmi

सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि भन्दै ट्राफिकले हालै ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याईसकेको छ । उक्त एप्समार्फत यातायात ब्यबस्था ऐनमा भनिए बमोजिम लामो दुरीका यात्रुवाहक सवारीमा चालक फेरिएको या नफेरिएको नियमन गरिनेछ ।
प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले उक्त एप्स सञ्चालनमा ल्याइएको हो ।

ट्राफिक प्रहरी निर्देशनालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले यात्रुको संवेदनशीलतामाथि खेलवाड गर्ने र यात्रुवाहक सवारीमा चालक परिवर्तन गर्न नमान्नेलाई तुरुन्त कार्वाही गर्ने बताएका छन ।

लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न प्वाइन्टहरुमा जाँचका क्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था गरिएका पनि उनले जानकारी दिएका छन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले एप्स सञ्चालनसँगै यात्रुवाहक सवारी साधनमा दुई वटा चालक राखिने हुँदा दुर्घटनामा कमी आउने जानकारी दिएका छन ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को १०४ बमोजिम लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तिमा दुई जना चालक अनिवार्य रूपमा राखी प्रत्येक ६–६ घण्टापछि परिवर्तन गर्नुपर्ने नियम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL